आज ओमानसँग खेल्दै नेपाल


काठमाडाैँ – आईसीसी टी–२० विश्वकपमा छनोट हुन असफल भएको नेपालले आज तेस्रो स्थानको लागि ओमानसँग खेल्दै छ। यसअघि नेपालले चारदेशीय सिरिज र समूह चरणको खेलमा ओमानलाई पराजित गरेको थियो।

तेस्रो स्थानको लागि हुने खेल अल अमिरातस्थित क्रिकेट मैदानमा नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछ।

प्रतिक्रिया