एनसेलकाे अफर : गजबकाे ‘डेली’ जीबी प्रयोगकर्तालाई ‘क्यास ब्याक’


काठमाडाैं – एनसेलका ग्राहकले अब डाटा प्रयोग गर्दा आकर्षक क्यास ब्याकको फाइदा लिन पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले गज्जबको डेली जीबी प्याक अन्तर्गतका तीन विभिन्न प्याकमा २० देखि ६० रुपैयाँसम्मको क्यास ब्याक अफर सञ्चालनमा ल्याएको छ ।

गजब्बको डेली जीबी प्याक अन्तर्गतको क्यास ब्याक योजना सोमवार (फागुन ०९) गतेदेखि लागू भएको छ । यस आकर्षक योजना अन्तर्गत एनसेलका ग्राहकले सात दिन वा ३० दिनसम्म दैनिक एक जीबी र सात दिनसम्म दैनिक दुई जीबीको गजब्बको डेली जीबी प्याकको खरिदमा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्छन् ।

सात दिनका लागि मान्य रहने दैनिक एक जीबी गज्जबको डाटा प्याक ग्राहकले करसहित मात्र एक सय ६९ रुपैयाँमा सुरु गर्न सक्छन् । यो प्याक सुरु गर्ने ग्राहकले २० रुपैयाँमा क्यास ब्याक अर्थात् बोनस ब्यालेन्स पाउँछन् । त्यसैगरी ग्राहकले करसहित मात्र दुई सय ६९ मा सात दिनको समयसीमा रहेको दैनिक दुई जीबी डाटा प्याक खरिद गर्न सक्छन् ।

यो प्याक सुरु गर्ने ग्राहकले ३० रुपैयाँको क्यास ब्याकबाट फाइदा लिन सक्छन् । यसैगरी धेरै लामो समयसीमा रहेको डाटा प्याक प्रयोग गर्न चाहने ग्राहकले ३० दिनको समयसीमा रहेको दैनिक एक जीबी डाटा प्याक करसहित मात्र पाँच सय ९९ रुपैयाँमा सुरु गर्न सक्छन् । यो प्याक सुरु गर्ने ग्राहकले ६० रुपैयाँ बोनस क्यास ब्याक पाउँछन् ।

यस गज्जबको डेली जीबी डाटा प्याक अन्तर्गत प्राप्त क्यास ब्याक ग्राहकले पे एज यू गो अन नेट भ्वाइस कल, एसएमएस र डाटा सेवा प्रयोग गर्न सक्छन् । ग्राहकले *१७१२३# डायल गरी प्राप्त निर्देशनअनुसार प्याक सुरु गर्न सक्छन् । यो डाटा प्याक एनसेल एपबाट पनि सजिलै खरिद गर्न सकिन्छ ।

प्रतिक्रिया