केपी ओलीलाई स्काउटको ‘मेधावी योगदान’ पदक


काठमाडाैं – पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको उच्च पदक ‘मेधावी योगदान’ प्रदान गरिएको छ ।

आज सम्पन्न विश्व स्काउट एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा तत्कालीन प्रधानमन्त्री एवं नेपाल स्काउटका संरक्षक ओलीलाई नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवद्र्धनमार्फत बालबालिका तथा युवाहरुको सर्वपक्षीय विकासमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त पदक प्रदान गरिएको हो ।

अध्यक्ष ओली यो पदक प्राप्त गर्ने पहिलो नेपाली भएको नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीले जानकारी दिए।

प्रतिक्रिया