अफगानिस्तानमा आफूलाई सहयोग गर्नेलाई स्थायी बसोबास मिलाउनेः बेलायत


काठमाडाैं – बेलायतले अफगानिस्तानमा आफ्ना नागरिक र आफूलाई सहयोग गर्नेहरु बेलायतमा स्थायी रुपमा बस्न पाउने घोषणा गरेको छ । यस अघि बेलायतले अफगानिस्तानबाट विस्थापित भएकाहरुलाई पाँच वर्षसम्म बस्न सक्ने योजना ल्याएको थियो ।

बेलायतले अफगानिस्तानबाट पलायन भएर आफ्नो देश आएकाहरुले नयाँ शिराबाट जीवन सुरु गर्न सक्ने पनि बताएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले अफगानिस्तानमा सशस्त्र बलसित काम गर्नेहरुप्रति बेलायत ऋणी रहेको बताउका छन् । उनले त्यहाँ रहदा आफ्ना सुरक्षाकर्मीलाई निरन्तर सहयोग गर्नेहरुलाई बेलायतले पनि सक्दो सहयोग गर्ने बताएका हुन् ।

यसैबीच, अफगानिस्तानमा रहेका आफ्ना नागरिकको सुरक्षित उद्धारका लागि तालिबानसँग वार्ता भइरहेको पनि बेलायतले जनाएको छ । अफगानिस्तानमा अझै केही बेलायती नागरिक रहेकाले उनीहरुको उद्धारका लागि वार्ता भएको हो ।

प्रतिक्रिया