क्यानडाविरुद्ध नेपाललाई ८१ रनको लक्ष्य


ओमान— ओमानमा जारी आईसीसी पुरुष टी–२० क्रिकेटमा नेपालले ८१ रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले बलिङ गरेको नेपालले क्यानडालाई १५ ओभरमा ८० रन बनाउँदा अलआउट गरेमा नेपालले ८१ रनको लक्ष्य पाएको हो ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले चार ओभरमा १२ रन खर्चँदै ३ विकेट हात पारे भने कमल ऐरीले ३ ओभरमा १६ रन खर्चिएर २ विकेट हात पारे ।

त्यस्तै अविनाश बोहोराले ३ ओभरमा ७ रन खर्चिएर २ विकेट हात पारे । नेपालका लागि कुशल मल्लले १ विकेट लिए भने क्यानडाका २ खेलाडी रन आउट भएका थिए ।

क्यानडाका लागि रायान पठानले १४ रन बनाए भने कप्तान नभनीत धालीवालले १८ रन बनाए । त्यस्तै दशौं विकेटका लागि उत्कृष्ट साझेदारी गरेका क्यानडाका डिलोन हेलिगरले २४ रन र सलमान नजारले १० रन बनाए । अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् । क्यानडाका ३ खेलाडी १ रनमा आउट भएका थिए ।

नेपालले केहीबेरमा ब्याटिङ सुरु गर्दैछ ।

प्रतिक्रिया