कमल थापाकाे राप्रपा नेपालले चुनाव चिह्न गाई माग्ने


काठमाडाैँ – कमल थापा नेतृत्वको राप्रपा नेपालले चुनाव चिह्न गाई माग्ने भएकाे छ।  आइतबार बसेको राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठकले चुनाव चिह्न गाई दिन निर्वाचन आयोगसँग अनुराेध गर्ने निर्णय गरेको हो।

तर आयोगले यसअघि नै नेपालको राष्ट्रिय जनावर भएकाले गाईलाई चुनाव चिह्न बनाउन नदिइने भनिसकेको छ। यसअघि पनि राप्रपा नेपालको चुनाव चिह्न गाई नै थियो। राप्रपाबीच एकतापछि अहिले राप्रपाले पनि चुनाव चिह्न गाई नै राखेको छ।

तर राप्रपालाई पनि निर्वाचन आयोगले आफ्नो झन्डाबाट गाई हटाउन आयोगले यसअघि नै निर्देशन दिइसकेको छ।

प्रतिक्रिया