टिपरको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु


काठमाडाैँ – भक्तपुरमा टिपरको ठक्करबाट आठ वर्षीया बालिकाको मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका-८ सुडाल रानीबारीमा सुडालबाट च्यामासिंहतर्फ आउँदै गरेको बा ४ ख ७३५२ नम्बरको टिपरले ठक्कर दिँदा ८ वर्षीया बालिका बिनिता मगरको मृत्यु भएको हो।

काभ्रेको महाभारत गाँउपालिका २ घर भई हाल सुडालस्थित बीएम ईंट्टा भट्टामा काम गर्ने सूर्यबहादुर मगरकी छोरी बिनिता टिपरको ठक्करबाट गम्भिर घाइते भएकी थिइन्।

उनको ख्वप अस्पताल च्यामासिंहमा उपचारको क्रममा आइतबार मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

टिपर चालक भक्तपुर नगरपालिका-८ जेला बस्ने २७ वर्षीय राजेश कुस्मालाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया