संसदमा टेबल भएको एमसीसी अब पास हुन्छ : प्रधानमन्त्री देउवा


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा टेबल भएको एमसीसी पास हुने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री देउवाले एमसीसी पास हुने बताएका हुन् ।

संसदबाट देउवा बाहिरिने क्रममा सञ्चारकर्मीले अब एमसीसी के हुन्छ ?भन्ने जिज्ञासा राखेपछि प्रधानमन्त्री देउवाले भने, ‘अब पास हुन्छ ।’

सत्ता गठबन्धनका शीर्ष नेताहरूको आइतबार बिहान बसेको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको थियो । तर, सत्तारुढ दलहरूले नै संशोधन नगरी पास गर्न नसकिने अडान राख्दै आएका छन् ।

विपक्षी दलको निरन्तरको अवरोध र सत्तारुढ गठबन्धनकै सांसदहरूको विरोधका बीच प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारले एमसीसी सम्झौता टेबल गरेको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विरोधकाबीच संसद्‍मा एमसीसी टेबल गरेका थिए ।

प्रतिक्रिया