प्रहरी नायब निरीक्षक कार्की बने काभ्रे जिल्लाकै उत्कृष्ट प्रहरी


काभ्रे – प्रहरी नायब निरीक्षक (सई) कपिल कार्की माघ महिनामा जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोमा कार्यरत छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले उनको कामको कदर गर्दै बेस्ट पोलिस अफ द मन्थ घोषणा गरेको हो ।

सई कार्कीले विभागिय मूल्य/मान्यता, आदेश/निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गर्दै विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्न महवपूर्ण भूमिका निर्वाह गरेका छन् ।

साथै अवैध घरेलु मदिरा, लागूऔषध ओसार पसार तथा सेवन र चोरी नियन्त्रणमा निरन्तर खटिई उत्कृष्ट एवं सिर्जनशील ढंगले कार्यसम्पादन गरिरहेको हुँदा उनीद्वारा सम्पादित उत्कृष्ट कार्यको उच्च मूल्यांकन र यसको निरन्तरताको अपेक्षा गर्दै सम्मानित गरिएकाे हाे ।

यसले अन्य प्रहरी कर्मचारीलाई समेत प्रोत्साहित गर्न सई कार्कीलाई माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिए ।

प्रतिक्रिया