टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट लिने पहिलाे नेपाली बलर बने सन्दीप


काठमाडाैं – नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान सन्दीप लामिछानेले कीर्तिमान रचेका छन् । आज साेमवार भएकाे आयरल्यान्डसँगकाे खेलमा एक विकेट लिँदै सन्दीपले कीर्तिमान रचेका हुन् ।

आजकाे खेलमा आयरल्यान्डका जर्ज डाेकरेलकाे विकेट लिएका सन्दीप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका हुन् । उनी याे उपलब्धि हासिल गर्ने पहिलाे नेपाली बलर बनेका छन् ।

करण केसी पनि टी–२० मा ५० विकेटकाे नजिकै छन् । करणले अहिलेसम्म ३३ खेलमा ४४ विकेट लिइसकेका छन् । याेसँगै सन्दीप टी–२० मा छिटाे (कम खेलमा) ५० विकेट लिने बलरकाे तेस्राे नम्बरमा परेका छन् ।

सन्दीपले २९ खेलमा याे उपलब्धि हात पारेका हुन् । याे सूचीकाे पहिलाे नम्बरमा रहेका श्रीलङ्काका अजन्था मेन्डिजले २६ खेलमा ५० विकेट लिएका छन् । यस्तै दाेस्राे नम्बरमा रहेका आयरल्यान्डका मार्च रिचार्ड एडरले २८ खेलमा ५० विकेट लिएका छन् ।

प्रतिक्रिया