

प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेतामा प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको संसदीय दलको नेता चुनेको छ।
बुधबार बानेश्वरमा बसेको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा प्रचण्डलाई दलको नेता चुनेको एक सांसदले जानकारी दिए। प्रचण्डलाई संसदीय दलको नेता बनाउन अध्यक्ष माधवकुमार नेपालले प्रस्ताव गरेका थिए।
नेकपामा विवाद भएपछि नेकपा अध्यक्ष केपी ओली शर्मा पक्ष र प्रचण्ड–नेपाल पक्षले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाएर पार्टीको काम अगाडि बढाइरहेका छन् । यसै परिवेशमा प्रचण्ड–नेपाल पक्षले यसअघिका संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाई प्रचण्डलाई नेता बनाउने निर्णय गरेको हो ।

