एमसीसी पारित गर्नुपर्छ : डा. कोईराला


काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोईरालाले एमसीसी नेपालको हितमा भएकोले पारित गर्नुपर्ने बताएका छन् ।

आज (बिहीबार) बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा बोल्दै नेता कोईरालाले अमेरीकी सहयोग मिलिनियन कर्पोरेसन्स (एमसीसी) नेपालको बिकासको लागि आवश्यक रहेको भन्दै संसदबाट परित गर्नुपर्ने बताएका हुन् ।

उनले आगामी स्थानीय तह निर्वाचनमा कांग्रेसले कुनै पार्टीसँग गठबन्धन गर्न नहुने पनि बताएका छन् । आगामी स्थानीय तहको निर्वाचनमा कुनै पार्टीसँग गठबन्धन गर्न नहुने धारणा राखेका हुन्। बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त रुपमा प्रतिक्रिया दिदैँ उनले बैठकमा आफ्नो अस्तित्व जोगाउनका लागि अन्य पार्टीसँग नमिलि एक्लै जानुपर्ने धारणा राखेको बताएका हुन्।

उनले भने– ‘मैले के भने भने हामी आफ्नै अस्तित्व जोगाउनुपर्छ। हामी कोही अर्को पार्टीसँग मिलेर जान नहुने हामी एक्लै जानुपर्छ भनेर मैले मात्रै बोले यसको बारेमा। मैले स्पष्टताका साथ राखें।’ स्थानीय तहको निर्वाचन नजिकै आएकाले पार्टीको भातृसंगठनहरुको अधिवेशन निर्वाचनपछि गराउने कुरा भएको पनि उनले बताए।

प्रतिक्रिया