दाङको चप्पल गोदाममा आगलागी, पाँच जनाको मृत्यु


बुटवल – दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ङ लाइनस्थित जुत्ता–चप्पल गोदाममा आगो लाग्दा ५ जनाको ज्यान गएको छ । इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा मध्यराती भएको आलगागीमा परि ५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार अहिले केहीबेर अगाडि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ । घर भित्र तीनदेखि पाँच जनासम्म मानिस फसेको हुनसक्ने स्थानीयले आशंका गरेका थिए। सोही अनुसार हामीले ४ पुरूष र १ बालिकाको शव निकालेका छौं, डिएसपी अर्यालले भने । विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ ।

प्रतिक्रिया