मोटरसाइकल दुर्घटनामा इञ्जीनियरको मृत्यु


पाल्पा –  पाल्पाको रम्भा गाउँपालिका–२ सुरुडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक इञ्जीनियरको मृत्यु भएको छ। पूर्वी रुकुमको भूमे गापा–४ घर भई हाल रम्भा गाउँपालिका बस्दै आएका २३ वर्षीय रविन दमै छिनालको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।

रम्भा–१ हुँगीबाट तनहुँतर्फ आउने क्रममा लु६७प ४७८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सुरुडाँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए। मोटरसाइकल २०० मिटर तल खस्दा छिनालको मृत्यु भएको हो।

त्यसैगरी रैनादेवी छहरा गाउँपालिका–२ आरीगैरामा लडेर पुरुषको मृत्यु भएको छ। मृत्यु हुने रैनादेवी छहरा–२ दिगका ५८ वर्षीय नरबहादुर राना रहेका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार सडकबाट २५० मिटर तल मृतावस्थामा रानाको शव भेटिएको थियो । रैनादेवीको तासिन्गलबाट सर्देवातर्फ जाने क्रममा दुर्घटनामा परेको स्थानीय बासिन्दाले बताएका छन्।

प्रतिक्रिया