क्रिप्टोकरेन्सीको कारोबारमा कोही पनि सहभागी नहुन आग्रह : राष्ट्र बैंक


काठमाडौं – राष्ट्र बैंकले मंगलबार एक चेतनामूलक सन्देश जारी गर्दै क्रिप्टोकरेन्सीको कुनै वैधानिक आधार नभएको र यस्तो कारोबारमा जुन कुनै बेला जे पनि हुन सक्ने बताएको छ । यस्तो जोखिमपूर्ण कारोबारमा कोही पनि सहभागी नहुन बैंकले सबैलाई आग्रह गरेको छ ।

यस्तो मुद्रा वास्तविक नभएर भर्चुअल हुने र निजी क्षेत्रबाट सञ्चालित यस्तो मुद्राको कुनै वैधानिक आधार समेत नहुने हुँदा खतरापूर्ण रहेको बैंकले बताएको छ । हाल विश्वमा ८ हजार भन्दा बढी क्रिप्टोकरेन्सीका विभिन्न भर्चुअल मुद्राहरू चलनचल्तीमा रहे पनि कुनैको पनि वैधानिकता र सुरक्षितताको ग्यारेन्टी नभएको बैंकको भनाइ छ ।

यस्तो कारोबार नेटवकिङ तथा पिरामिड स्कीममा आधारित भएकाले जतिबेला जो पनि फस्न सक्ने भन्दै सचेत हुन बैंकले अपिल गरेको छ । यति मात्र होइन यस्तो कारोबारले मुलुकको पुँजी पलायन गराउन समेत ठूलो भूमिका खेल्ने हुँदा सबै सचेत हुन र जिम्मेवार हुन समेत बैंकले भनेको छ ।

प्रतिक्रिया