दशैं नजिकिएसँगै २० अर्ब नयाँ नोट साटियो


काठमाडौं – नेपालीहरुको ठूलो चाड दसैं नजिकिएसँगै नेपाल राष्ट्र बैंकले मंगलबारसम्ममा २० अर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही गरेको छ।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार ५, १०, २०, ५० र १०० दरका साना नोटको सटही ८ अर्ब २५ करोड रुपैयाँ भएको छ भने बाँकी ११ अर्ब ७५ करोड रुपैयाँ भने पाँच सय र हजार दरका नोटको सटही भएको छ।

राष्ट्र बैंकले दसैैंलाई लक्षित गर्दै ३५ अर्ब रुपैयाँबराबरको नयाँ नोट बजारमा पठाएको छ । राष्ट्र बैंकले यसपालि कोरोनाको संक्रमणका कारण २७ वटै वाणिज्य बैंक र तिनका शाखाबाट नयाँ नोट पाउने व्यवस्था गरेको छ।

प्रतिक्रिया