यस्तो छ कमल थापाले पार्टी त्याग्दा दिएको भावुक मन्तव्य


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले हेटौंडामा आयोजित एक पत्रकारसम्मेलनमार्फत् राप्रपा पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।

मंगलबार दिउँसो आयोजित पत्रकार सम्मेलनपछि थापाले एक विज्ञप्ति निकाल्दै आफू पार्टी छाड्दा भावुक भएको बताएका छन् ।

थापाले लेखेका छन्, ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने पार्टी मै रमाउने उत्कट चाहना भएतापनि आफनो कुराको सुनुवाई नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ ।

उनले अगाडि लेखेका छन्, राप्रपामा रहँदा पार्टीका साथी, सहयोगी र शुभचिन्तकहरुबाट प्राप्त सहयोग, सद्भाव र स्नेहप्रति म सदैव आभारी रहनेछु । पार्टीमा रहँदा बिताएका क्षणहरुप्रति म सदैव गौरव गरिरहनेछु । राप्रपाका कुनै साथीहरुसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछु ।’

May be an image of text

प्रतिक्रिया