एमसीसी फिर्ता लैजान अमेरिकालाई वामदेव गौतमको आग्रह


काठमाडौं – बामपन्थी नेता एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले एमसीसी फिर्ता लैजान अमेरिकी सरकारलाई आग्रह गरेका छन् । लामो समयदेखि मौन बसेका गौतमले आज एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालमा विवादित हुँदा जनमत पनि विभाजित हुन पुगेकाले संसदबाट पारित हुने स्थिति पनि न्यून रहेको बताउदै उनले परियोजनालाई फिर्ता लैजान आग्रह समेत गरेका छन् ।

एमसीसी सम्झौता कार्यान्वयन गरिदा नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गर्न थालिएको उनले बताएका हुन् । विवादित परियोजनाले नेपालको अहित हुने सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एमसीसी परियोजनाले नेपालको हित भन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अवस्था सिर्जना हुने विज्ञप्तिमा भनिएको छ ।

नेपालको अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकार र संसदले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न ।

यस्तो विषम अवस्थामा म नेपाल सरकार र अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया