
केपी ओलीले गरेको केन्द्रीय समितिको बैठक नौटंकी होः प्रचण्ड
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको केन्द्रीय कमिटीको बैठकलाई नौटंकीको संज्ञा दिएका छन्।
कार्की पार्टी प्यालेस थापाथलीमा करिब ३१० जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेको सभामा बोलेका प्रचण्डले सदन विघटन नभई ओली सरकार विघटन भएको दाबी गरे।
अन्य पार्टीहरूले पनि संसद विघटन मान्न तयार नरहेको बताउँदै प्रचण्डले न्यायालयबाट उचित निर्णय हुने आशा राखेका छन्। पार्टीमा आफूले दर्ज गरेको प्रतिवेदनलाई आरोपपत्र भनी ओलीले टिप्पणी गरेकोमा उनले आपत्ति जनाएका थिए। उनले अहिलेको वास्तविकता र ओलीको शैलीका कारण पार्टीमा उक्त प्रस्ताव राख्नु परेको उनले बताए।



कागजपत्र |
