एमसीसीलाई ‘घाँडो’ को संज्ञा दिँदै खगेन्द्र संग्रौला भन्छन् : संसदमा मतदान गरेर टुंग्याइयोस्
काठमाडौँ – सत्ता गठबन्धनकै दलबीच एमसीसी अनुमोदनका विषयमा तीव्र विवाद भइरहेका बेला नागरिक अगुवासमेत रहेका वरिष्ठ लेखक खगेन्द्र संग्रौलाले समाधानको सुझाव दिएका छन्।
एमसीसीलाई देशको घाँटीमा झुन्ड्याइएको घाँडोको संज्ञा दिँदै लेखक संग्रौलाले यसको छिनाफानोका लागि संसदमा मतदान गर्न दलहरूलाई सल्लाह दिएका हुन्।
‘देशको घाँटीमा एमसीसी नाउँको घाँडो झुन्ड्याएर यतिका दिन समयको गतिलाई ठप्प पारिएको छ। संसदमा छलफल र निष्कर्षका लागि पेस गरेर यो घाँडो पन्छाउने चेष्टा गर न काजी हो’, संग्रौलाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘बदर चाहनेले बदरमा भोट हाल, सदर चाहनेले सदरमा भोट हाल। फैसला जे हुन्छ, त्यसलाई मान। हैट्, पट्यारलाग्दो यो किचकिच१’