एकीकृत समाजवादीमा प्रवेश गर्ने ३ जना जनप्रतिनिधिलाई एमालेले गर्यो कारबाही
काठमाडौँ – दाङको तुलसीपुर उपमहानगरपालिकाका तीनजना जनप्रतिनिधिलाई पार्टी हितविपरीत काम गरेको भन्दै एमालेले कारबाही गरेको छ।
कार्यपालिका सदस्यहरु जानका रेग्मी, डिला परियार र दिपक कुमाललाई पार्टी हितविपरीत काम गरेको भन्दै एमालेले कारबाही गरेको हो। उनीहरुले एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेपछि एमालेले कारबाही गरेको हो।
गएको स्थानीय तहको चुनावमा उनीहरु एमालेको तर्फबाट निर्वाचित भएका थिए। उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले जानकारी दिए।
उनीहरूलाई पार्टीको जिल्ला र केन्द्रबाट कारबाही गरिएको हो।