जिल्ला अस्पताल पाँचथरमा अक्सिजन प्लान्ट सञ्चालनमा


पाँचथर – जिल्ला अस्पताल पाँचथरमा अक्सिजन प्लान्ट जडान गरी सञ्चालनमा आएको छ । अघिल्लो आर्थिक वर्षदेखि प्लान्ट राख्नका लागि काम अघि बढेको थियो । प्रदेश नम्बर १ सरकारको बजेटमा प्लान्ट निर्माण गरिएको हो ।

एकै पल्ट ३५ वटा बेडमा अक्सिजन आपूर्ति गर्न सक्ने तथा एकै दिनमा ३० सिलिन्डरसम्म भर्ने सकिने गरी प्लान्ट सञ्चालनमा आएको हो । ९७ लाख २८ हजार रुपैयाँ खर्चिएर निर्माण गरिएकाे प्लान्ट सञ्चालनमा आएको हो ।

यसअघि जिल्लामा आवश्यक अक्सिजन भर्नका लागि झापामा सिलिन्डर पठाउनुपर्ने बाध्यता थियो । अब भने त्याे बाध्यता हटेकाे छ । एकै पल्ट तीन वटा सिलिन्डर भर्न सकिने र एउटा सिलिन्डर भर्न ४० मिनेट लाग्ने बताइएको छ ।

जिल्लामा अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि सुविधा थपिएको जिल्ला अस्पताल पाँचथरका प्रमुख डा. बुद्धिबहादुर थापाले बताए । जिल्ला अस्पताल पाँचथरमा जिल्लाकासहित छिमेकी जिल्ला तेह्रथुमको आठराई क्षेत्र र ताप्लेजुङका विभिन्न गाउँबाट सेवाग्राही आउने गर्दछन् ।

प्रतिक्रिया