

सरकारले अहिलेकै कानुनबमोजिम निर्वाचन गर्नुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले सरकारले स्थानीय तहको निर्वाचन अहिलेकै कानुनबमोजिम गर्नुपर्ने बताएका छन् । उनले निर्वाचन आयोगले वर्तमान संविधान र कानुनबमोजिम स्थानीय तहको निर्वाचनको मिति प्रस्ताव गरिसकेकाले सरकारले त्यहीअनुसार गर्नु उपयुक्त हुने बताए ।
मंगलबार काठमाडौंमा खोप कार्यक्रमको निरीक्षण गर्ने क्रममा नेता सिंहले भने, ‘स्थानीय तहको निर्वाचनका लागि आयोगले मिति प्रस्ताव गरिसकेको छ । त्यसआधारमा सरकारले स्थानीय तहको मिति निर्धारण गरेको राम्रो हो ।’
नेता सिंहले वर्तमान सत्ता गठबन्धन र सरकार नै संविधान र लोकतन्त्रको रक्षा गर्ने सन्दर्भमा निर्माण भएकाले यो सरकारले संविधान मिच्न नमिल्ने बताए

