खोपविरुद्ध प्रदर्शन चर्किरहँदा क्यानाडाका प्रधानमन्त्रीमा कोरोना संक्रमण


 काठमाडौँ – कोरोना खोपविरुद्ध व्यापक प्रदर्शन भइरहेका बेला क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई संक्रमण पुष्टि भएको छ। कोभिड खोप अनिवार्य गरेको विरोधमा अमेरिका(क्यानडा सीमाक्षेत्र र राजधानी ओटावामा पनि लगातार पाँच दिनदेखि प्रदर्शन भइरहेका बेला शनिबार घर छाडेर अज्ञात स्थानमा लागेका प्रधानमन्त्री ट्रुडोलाई सोमबार संक्रमण देखिएको हो।

केही दिनदेखि राजधानी ओटावामा फ्रिडम कन्भोई नामक प्रदर्शनमा हजारौँ प्रदर्शनकारी सहभागी भएपछि सुरक्षा कारण देखाउँदै ट्रुडो सुरक्षित स्थानतर्फ सरेका थिए। समाचार एजेन्सी एएफपीले ट्रुडोलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।

प्रतिक्रिया