मान्छेको पनि मृत्यु गराएको बर्डफ्लु नेपालमा भित्रियो, सतर्क रहन आग्रह


काठमाडाैँ – नेपालमा मान्छेको समेत मृत्यु गराएको बर्डफ्लु संक्रमण पुनः देखापरेको छ। पशु सेवा विभागका अनुसार अनुसार मोरङमा बर्डफलु रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) पुष्टि भएको हो।

विभागले सोमबार जारी गरेको विज्ञप्तिअनुसार सरकारले बर्डफ्लु नियन्त्रणका लागि नियमित रूपमा सघन रोग सर्भिलेन्स, नमुना संकलन तथा प्रयोगशाला परीक्षणको कार्यक्रम सञ्चालन गरिरहेको छ। यसै क्रमममा प्रदेश नम्बर १, मोरङ जिल्लाको ग्रामथान–१, खुनियाकट्टा र बूढीगंगाका कृषकले पालेका कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेशषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु रोग (HPA1, H5N1) पुष्टि भएको हो।

‘एच फाइभ एन वान’ (H5N1) भाइरस निकै संक्रामक मानिन्छ। जसको संक्रमणले नेपालमा पहिलोपटक २०७५ चैत १५ गते मानिसको समेत मृत्यु भएको थियो। बर्डफ्लुबाट मृत्यु भएका व्यक्ति काभ्रेका २१ वर्षका युवक थिए। तर उनको परिचय गोप्य राखिएको थियो।

त्यस वर्षको चैत १० गते ज्वरो र खोकीको लक्षण देखिएपछि उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आएका ती युवककाे उपचारका क्रममा ५ दिनपछि मृत्यु भएको थियो। मृत्युपश्चात् -यालकाे नमुना परीक्षणका लागि जापान पठाइएको थियो भने वैशाख १७ गते आइपुगेको रिपोर्टमा बर्डफ्लु पोजिटिभ देखिएको थियो।

प्रतिक्रिया