चिकित्सा शिक्षा आयोगले गर्‍यो तीन जनाको परीक्षाफल रद्ध


काठमाडौं – चिकित्सा शिक्षा आयोगले तीन जनाको परीक्षाफल रद्ध गरेको छ ।

यहि माघ ८ गते सञ्चालन भएको स्नातकोत्तर तहको एमडी/एमएस, एनबीएमएस शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षामा सामेल तीन जनाको परीक्षाफल रद्ध भएको हो ।

परीक्षामा अमर्यादित काम गरेको पाइएको भन्दै आयोगले रोल नम्बर ८०१७३, १०७७० र १२७०९ को परीक्षाफल रद्ध गरेको आयोगका उपसचिव बद्रीबहाुर पाठकले बताए ।

प्रतिक्रिया