मोरिसस विरुद्धको पहिलो मैत्रीपूर्ण फूटबलमा नेपाल विजयी


काठमाडाैं – मोरिसस विरुद्धको पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपालले मरिससलाई १-० गोलले हराएको हो ।

पहिलो हाफमा नेपालले दुई वटा निकै राम्रा मौका पाउँदा पनि गोल गर्न सकेन । खेलकाे ५५औं मिनेटमा नेपालका तर्फबाट विमल घर्तीमगरले गोल गरेर टीमलाई अग्रता दिलाएका थिए ।

मरिससको एउटा सशक्त प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले बचाए । खेल अवधिभर मोरिससले कुनै गोल गर्न सकेन । विमलको गोलसँगै नेपालले जीत हात पारेको हाे । दोस्रो मैत्रीपूर्ण खेल आउँदो मंगलवार हुनेछ ।

प्रतिक्रिया