मुख्य खेलाडीविना नै मरिसस टोली नेपालमा


काठमाडाैं – आयोजक नेपालसँग दुई मैत्रीपूर्ण फुटबल खेल्नका लागि आज सोमवार मरिससकाे टोली काठमाडाैं आइपुगेको छ । पहिलो पटक नेपालसँग मैत्रीपूर्ण खेल खेल्न आएको टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) पदाधिकारीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

पहिलो पटक अफ्रिकी देशसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली टाेली अहिले बन्द प्रशिक्षणमा छ । अहिले फिफा वरीयताको एक सय ७२ औँ स्थानमा रहेको मरिसस टाेलीले नेपालसँग सुखद नतिजाकाे लक्ष्य लिएर आएको बताएको छ । यद्यपि कोरोना र चोटका कारण मुख्य खेलाडीविना नै मरिसस नेपाल आएको हो ।

मैत्रीपूर्ण खेल त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा माघ १५ र १८ गते हुँदैछ । नेपाल आइपुगेको टोलीको कोरोना परीक्षणपछि मात्र अभ्यास गर्न अनुमति दिने एन्फाको तयारी छ ।

प्रतिक्रिया