आहा रारा गोल्डकप : आर्मी सेमिफाइनलमा प्रवेश


काठमाडौं – त्रिभुवन आर्मी फुटबल क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । वैकल्पिक खेलाडी राजिव गुरुङको निर्णायक गोलले आर्मी क्लब ए डिभिजन लिग प्रतिस्पर्धी थ्री स्टारलाई १-० अन्तरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकाे हाे ।

बिहीबार पोखरा रंगशालामा भएको खेलका ७०औं मिनेटमा राजिवले गरेको एक मात्र गोल निर्णायक बन्यो । राजिवले काउन्टर अट्याकमा सहज गोल गरे । आर्मीको जितसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

आर्मीले फाइलनमा प्रवेशका लागि मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।अर्कातिर फाइनल प्रवेशका लागि एपीएफ फुटबल क्लब र मछिन्द्र फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया