आहा रारा गोल्डकप : आयोजक सहाराविरुद्व एपीएफको विजयी सुरुवात


काठमाडाैं – आहा रारा गोल्डकप फुटबलमा एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा आज भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २-० गोलले हराउँदै एपीएफ क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

आयोजक सहारा क्लब पहिलो खेलमै पराजित भएको छ । एपीएफका लागि आभाष लामिछाने र प्रदीप लामाले एक/एक गोल गरे । एपीएफले अब माघ ८ गते बीवाईएससी मिनेसोटा यूएसएसँग खेल्नेछ ।

आजदेखि सुरु भएको प्रतियोगितामा १० टोली सहभागी छन् । प्रतियोगितामा आयोजक सहारासहित एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, संकटा, थ्री स्टार, मनाङ मस्याङ्दी, मछिन्द्र, हिमालयन शेर्पा र बिवाईएससी मिनेसोटा यूएसए सहभागी छन् ।

मोफसलको प्रतिष्ठित प्रतियोगिताको यो २० औँ संस्करण हो । तर यसपाली कोरोना सङ्क्रमण जोखिमका कारण दर्शकलाई अनुमति छैन । प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले ५ लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया