नेपाल आइपुग्ने बित्तिकै वर्षमानले भने : म महासचिवको स्वभाविक उम्मेदवार हुँ


काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले आफू महासचिवको दावेदार भएको बताएका छन्। चीनमा उपचार गरी आज स्वदेश फर्केका नेता पुनले अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू महासचिवको स्वाभाविक दाबेदार भएको बताए

‘पार्टीमा मैले महासचिवमा दाबी गरेको हुँ। विगतमा पनि सचिव भएर काम गरेको थिएँ। त्यसकारण महासचिवमा मेरो दाबेदारी स्वभाविक हो’ पुनले भने, ‘मैले चीनमा उपचार गराइरहँदा पनि भनेको थिएँ, यदी नेतृत्वले सहमति गरेमा मान्न तयार छु । यदी प्रतिस्पर्धा भयो भने पनि प्रतिस्पर्धा गर्छु भनेकै हुँ।’

पुन चार महिना लामो उपचारपछि सोमबार स्वदेश फर्किएका हुन्। ‘म पूर्ण रूपमा निको भएर आएको छु। महासचिवमा मेरो स्वभाविक दाबेदारी रहन्छ,’ उनले भने, ‘सहमतिकै आधारमा बाँकी पदाधिकारी टुंग्याउने कसरत हुन्छ। सहमति भए पनि निर्वाचन भए पनि महासचिवमा मेरो दाबी रहन्छ।

प्रतिक्रिया