कोरोनाका कारण गोरखाका २ स्थानीय तहको सेवा बन्द


गोरखा – कोरोना संक्रमण तीव्र बनेपछि गोरखाका दुईवटा स्थानीय तहले सार्वजनिक सेवा बन्द गरेका छन्। कर्मचारीहरू नै कोरोना संक्रमित भएपछि गोरखाको पालुङटार नगरपालिका र धार्चे गाउँपालिकाले सेवा बन्द गरेका हुन्।

सोमबार सूचना जारी गर्दै पालुङटार र धार्चेले सम्पूर्ण सेवा बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन्।

धार्चे गाउँपालिकाको केन्द्र माछाखोला १० देखि १४ गतेसम्म सिल गर्ने निर्णय भएको छ। यस अवधिभर पालिकाभित्रका आन्तरिक कामकाजबाहेक सम्पूर्ण सेवा प्रवाह बन्द हुने सूचनामा उल्लेख छ।

औषधि पसल र मेडिकल भने २४सै घन्टा तथा खाद्यान्न पसलहरू बिहान ७ देखि ९ बजे र बेलुका ५ देखि ६ बजेसम्म खुला हुने गाउँपालिकाले जनाएको छ। त्यस्तै, पालुङटार नगरपालिकाले पनि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ।

प्रतिक्रिया