दक्षिण अफ्रिकाबाट उडेकाे विमानकाे पाङ्ग्रामा लुकेर नेदरल्यान्ड्स पुगेपछि…


काठमाडाैं – दक्षिण अफ्रिकाबाट एम्स्टर्डमको सिफोल विमानस्थलमा अवतरण गरेको एक विमानको पाङ्ग्राको खण्डमा एक व्यक्ति जीवितै भेटिएका नेदरल्यान्ड्सकाे प्रहरीले बताएकाे छ ।

जोहानेसबर्गबाट एम्स्टर्डमसम्मको उडान झन्डै ११ घण्टा लामो हुन्छ, यो कार्गाे (सामान बाेक्ने) विमान केन्याको नैरोबीमा एक पटक रोकिएको मानिएको बीबीसीले जनाएको छ । उच्च उचाइमा चिसो र कम अक्सिजनका कारण लामो उडानमा स्टोवावे अर्थात् पाङ्ग्राको खण्डमा लुकेर यात्रा गर्नेहरू बाँच्नका लागि यो असामान्य भएको बताइएको छ ।

ती व्यक्तिको उमेर र राष्ट्रियता भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । ‘एक व्यक्ति विमानको नोज ह्वील सेक्शनमा जीवितै भेटिएका थिए र उनलाई सामान्य अवस्थामै अस्पताल पुर्याइयो’, रोयल डच मिलिटरी प्रहरीका प्रवक्ता जोआना हेलमन्ड्सले समाचार एजेन्सी एपीएफसँग भने । ती मानिस अझै जीवित हुनु असाधारण भएको उनले बताए ।

डच प्रसारक एनओएसका अनुसार ती व्यक्तिको शरीरको तापक्रम घटनास्थलमा बढेको पाइएको र उनले साधारण प्रश्नको जवाफ दिएका थिए । ती व्यक्ति दक्षिण अफ्रिका वा केन्याबाटा विमानमा चढेका थिए भन्नेबारेमा केही जानकारी नभएको नेदरल्यान्ड्सको उडान तथ्याङ्कले जनाएको छ । एजेन्सी

प्रतिक्रिया