सिके राउतको हत्या गर्ने धम्की दिएकी मन्त्री यादवको बचाउमा उत्रियाे जसपा


काठमाडाैँ –  सिके राउतको हत्या गर्ने धम्की दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री  रेणुकुमारी यादवको चौतर्फी आलोचना भइरहँदा यादवको पार्टी जनता समाजवादी पार्टी (जसपा)ले भने उनको बचाउ गरेको छ।

जसपाले विज्ञप्तिमा जारी गर्दै मन्त्री यादवले दिएको अभिव्यक्तिबारे कुनै कुरा उल्लेख नगरी हिंसात्मक गतिविधि रोक्न सिके राउत नेतृत्वको जनमत पार्टीलाई चेतावनी दिइएको छ।

गत बुधबार जसपाले रौतहट सदरमुकाम गौरमा आयोजना गरेको बलिदानी दिवसको कार्यक्रममा मन्त्री यादवले सिके राउतको हत्या गर्ने धम्कीयुक्त भाषण गरेकी थिइन्। जनमत पार्टीका कार्यकर्ताले कार्यक्रममा जानबाट उनलाई अवरोध गरेपछि उनले पदीय मर्यादा विपरितको अभिव्यक्ति दिएकी थिइन्।

यादवको अभिव्यक्तिलाई लिएर यतिबेला उनको राजीनामा माग्दै चौतर्फी आलोचना भइरहेको छ।

प्रतिक्रिया