२० तले भवनमा आगलागी, ७ जनाको मृत्यु


मुम्बई – भारतको मुम्बईमा रहेकाे २० तले भवनमा आगलागी भएकाे छ । आगलागीमा परी ७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय समयअनुसार शनिबार बिहान सात बजेतिर आगलागी भएको हो । दुर्घटनामा परेका १५ जनालाई भाटिया अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनीहरूलाई सास फेर्न गाह्राे भएपछि अस्पताल लगिएकाे हाे ।

समाचार एजेन्सी एनएनआईका अनुसार समयमै ५ एम्बुलेन्स र १३ दमकल पुगेका थिए । आगलागीको कारण भने खुल्न सकेको छैन । एजेन्सी

प्रतिक्रिया