आहा रारा गोल्डकप : पुलिस क्लब क्वार्टर-फाइनलमा


काठमाडाैं – आहा रारा गोल्डपको दोस्रो खेलमा विभागीय टिम नेपाल पुलिस क्लब क्वार्टर-फाइनलमा प्रवेश गरेको छ । आज पोखरा रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै पुलिस क्वार्टर-फाइनलमा पुगेको हो।

खेलको निर्धारित ९० मिनेट एक/एक गोलको बराबरीपछि थपिएको अतिरिक्त समयमा पनि गोल हुन सकेन । खेल पेनाल्टी सुटआउटमा पुग्यो। अब पुलिसले अन्तिम आठमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।

यसअघि हिजो भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २-० गोलले हराउँदै एपीएफ क्वार्टर-फाइनलमा प्रवेश गरिसकेको छ ।प्रतियोगितामा १० टोली सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख १ हजार रुपैयाँ र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पाउने छन् ।

प्रतिक्रिया