१६ जिल्लाका कांग्रेस अधिवेशन अनिश्चित


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन स्थगित भएको छ ।

कोरोना संक्रमणका कारण यसअघि २७ पुसमा हुने भनिएको जिल्ला अधिवेशन माघ १५ का लागि तय गरिएको थियो । तर पनि पछिल्लो समय कोरोनाको भयावह अवस्थाका कारण संक्रमित संख्या दिनानुदिन बढ्दै जान थालेपछि यसपटकका लागि स्थगित गरिएको जनाइएको छ ।

तत्कालका लागि अहिले नै मिति नय नगरिएको अवस्थामा कोरोना संक्रमण नियन्त्रणामा वा जनजीवन सामान्य भइसकेपछि गरिने पनि केन्द्रीय निर्वाचन समितका सचिव केशव रिजालले जनाए ।

यसअघि कांग्रेसका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम गरी १६ जिल्लामा जिल्ला अधिवेशन हुन बाँकी नै रहेको छ ।

No description available.

प्रतिक्रिया