
हँसियाले हानेर पतिको हत्या, पत्नी पक्राउ
काठमाडौँ – रोल्पाको सुनछहरी गाउँपालिका ६ की ४१ वर्षीया मीना पुन मगरले आफ्नै पतिको हत्या गरेकी छन्। पति ४५ वर्षीय काले पुन मगरको हत्या गरेको आरोपमा प्रहरीले मीनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी निरीक्षक लक्ष्मन वलीका अनुसार मंगलबार बेलुका घरनजिकै बारीमा ढुंगाले टाउकोदेखि छातीसम्म छोपिएको अवस्थामा कालेको शव फेला परेको थियो।
घरायसी विवादमा उनले पतिको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मीनाले हँसिया तथा ढुंगाले प्रहार गरी श्रीमानको हत्या गरेकी हुन्।



कागजपत्र |
