इजरायलमा निर्माण क्षेत्रका लागि नेपाली कामदार पठाउने तयारी


काठमाडौं – इजरायलमा निर्माण क्षेत्रमा नेपाली कामदार पठाउने सम्बन्धमा दुई पक्षीय सम्झौता पत्र तयार गर्न संयुक्त कार्यदल बनाउने दुई देशबीच सहमति भएको छ ।

परराष्ट्र मन्त्री डा. नारायण खड्का र नेपालका लागि इजराजयका राजदूत हनान गोडर गोल्डबर्गरबीच भएको छलफल पछि कार्यदल बनाउने सहमति भएको हो ।

इजरायलको दूतावासले केयर गिभर क्षेत्रमा ९९ जना नेपाली कामदार आज इजरायल जान लागेकोमा पनि खुसी व्यक्त गरेको छ । यस क्षेत्रमा आगामी हप्तामा १ हजार जना कामदार इजरायल जाने बताइएको छ ।

प्रतिक्रिया