उदयपुरमा बसबाट खसेर एक जनाको मृत्यु


उदयपुर – उदयपुरमा हिँडिरहेको बसबाट खसेर एक जनाको मृत्यु भएको छ । उदयपुरगढीबाट गाईघाट आउँदै गरेको ना ३ ख ६९४४ नम्बरको बसबाट उदयपुरगढी गाउँपालिका-५ मा खसेर यात्रुको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन् ।

उदयपुरगढी गाउँपालिका- ५ का ५० वर्षीय कृष्णबहादुर राईको मृत्यु भएको हो । गुडिरहेको बसबाट खसेका राईको बसको पछाडीको टायरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

बसका चालक रौतामाई गाउँपालिका-७ का राजन राउतलाई नियन्त्रणमा लिईएको छ ।

प्रतिक्रिया