सुनको भाउ तोलामा एक सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – मंगलबार नेपाली बजारमा सुन प्रतितोलामा एक सय रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार केही दिन यता एक दुई सयले घटबढ भइरहेको सुनको मूल्य आज फेरि एक सय रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ कायम भएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज एक सय रुपैयाँले नै बढेर ९२ हजार एक सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज स्थिर रहँदै अघिल्लो दिनकै मूल्य प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया