पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण


काठमाडौं — पर्यटन, नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण भएको छ।

मन्त्री आलेको सोमबार गरिएको पिसीआर परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको बताइएको छ।

आइतबारसम्म उनी पशुपति धर्मशालालगायतको निरिक्षणमा सुरक्षाकर्मी, सचिवलगायतका अधिकारी लिएर निरिक्षण अभियानमा रहेका थिए। यस्तै मिडियाको भिडभाडमा उनी चर्को भाषणबाजीमा सक्रिय रहेका थिए।

नारायणहिटीभित्रको क्याफेटेरिया निर्माण बन्द गराएपछि उनका चर्चा चुलिएको थियो।

साथै मन्त्री आलेका स्वकीय सचीव हेमन्त रेग्मीलाई समेत कोरोना पुष्टी भएको छ । उनीहरू दुवै जनाको स्वास्थ्यस्थिति सामान्य रहेको पनि जनाइएको छ ।

प्रतिक्रिया