कस्तुरीको बिना सहित पक्राउ


जाजरकोट – नलगाड नगरपालिका-११ चौखा बजारबाट १ थान कस्तुरीको बिना जस्तो देखिने बस्तु सहित सोही नगरपालिका-१० ध्यारगाउँ बस्ने ४५ वर्षीय दिल्ली बहादुर ध्यारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ध्यारले कस्तुरीको बिना साथमा लिई हिँडिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रग्दाबाट खटिएको प्रहरीले उनलाई उक्त बस्तु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया