ब्रेस्टमाथि पिएसजीको जित, उपाधि यात्रा थप बलियो


काठमाडाैँ –  युवा स्ट्राइकर केलियन एम्बाम्बेको उत्कृष्ट प्रदर्शनसहित ब्रेस्टमाथि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले २–० को नतिजाले निकालेको छ। फ्रेन्च लिग वानमा पिएसजीले घरेलु मैदानमा ब्रेस्टलाई पराजित गरेको हो।

पिएसजीलाई जितम दिलाउन एमबाप्पे र थिलो केरहरले समान १–१ गोल गरे । शनिबार राति पार्क डेस प्रिन्सेसमा सो स्पर्धा भएको हो । खेलमा फ्रान्सेली स्टार एम्बाम्बेले ३२ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। पहिलो हाफ १–० ले पिएसजी अगाडि रह्यो ।

त्यस्तै खेलको ५३ औं मिनेटमा थिलो केरहरले गोल गर्दै अग्रता दोब्बर पारेका हुन् । उनले नुनो मेन्डेसको पासमा बललाई जाली चुमाए ।  याे जितसँगै शीर्षस्थानमा रहेको पिएसजीले उपाधि यात्रालाई बलियो बनाएको छ।

प्रतिक्रिया