

यमनलाई ४ अर्ब डलर सहयोग आवश्यकः राष्ट्रसंघ

यमनमा विगत सात वर्षदेखि गृहयुद्ध चलिरहेको छ । गृहयुद्धका कारण लाखौ मानिस छिमेकी मुलुकहरुमा विस्थापित भएका छन् । पछिल्लो समयमा यमनमा अन्तराष्ट्रिय समुदायले प्रदान गर्दै आएको सहयोग घटेको छ ।
यही डिसेम्बरमा राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले यमनलाई दिँदै आएको सहयोग कटौती गरेको घोषणा गरेको थियो । सहयोग कटौतीसँगै यमनमा थप भोकमरी बढ्ने सरोकारवालाहरुले चिन्ता व्यक्त गर्दै आएका छन् । भोकमरी र खडेरीका कारण यमनमा हरेक वर्ष हजारौं मानिसको मृत्यु हुने गरेको विभिन्न तथ्यांकले देखाएका छन् ।

