सर्लाहीका सीडीओ र एसपीलाई कोरोना


काठमाडाैँ – सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरीक्षक  कृष्ण प्रसाईलाई कोभिड १९ संक्रमण पुष्टी भएको छ।

पीसीआर परीक्षणका क्रममा सीडीओ र एसपी दुबैलाई कोरोना पुष्टि भएको हो। सीडीओ र एसपी दुबैलाई कोभिड भएपछि कार्यालयको कामसमेत प्रभावित बनेको छ।

कोभिड पुष्टि भएपछि सोमबार साँझदेखि गौतम र प्रसाई दुबै होम आइसोलेसनमा बसेका छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ।

गौतमलाई यसअघि पनि दुईपटक कोरोना संक्रमित भई संक्रमणमुक्त भइसकेका व्यक्ति हुन्।

त्यसैगरी जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ।

प्रतिक्रिया