
अफगानिस्तानमा मारिए पाकिस्तानी तालिबानका शीर्ष नेता
काठमाडाैँ – पाकिस्तानी तालिबान तथा तेहरीक–ए–तालिबान पाकिस्तानका शीर्ष नेता अफगानिस्तानमा मारिएका छन्। अल जाजिराका अनुसार अहिले तालिबान र सरकारबीचको वार्ता रोकिएको अवस्थामा पाकिस्तानी तालिबानका पूर्व प्रवक्ता खालिद बाल्टी अफगानिस्तानको नान्गरहार प्रान्तमा मारिएका हुन्।
समाचारमा उल्लेख गरिएअनुसार पाकिस्तानको सीमानजिकै रहेको क्षेत्रमा उनी मारिएका हुन्।
यस विषयमा विस्तृत जानकारी भने आउन बाँकी रहेको समाचारमा उल्लेख छ।
पाकिस्तानको स्थानीय सञ्चारमाध्यमहरुले भने उनलाई अपरिचित हतियारधारी समूहले गोली प्रहार गरेको उल्लेख गरेका छन्।
पाकिस्तानी तालिबानले एक विज्ञप्ति जारी गर्दै खालिद मारिएको विषयमा अनुसन्धान भइरहेको बताएको छ।
उनी अहिले पाकिस्तानी तालिबानको कुनै पनि जिम्मेवारीमा नरहेको पनि उक्त विज्ञप्तिमा उल्लेख छ।



कागजपत्र |
