अबको चुनावमा कांग्रेसले बहुमत ल्याउँछ, सरकारकाे नेतृत्व गर्छ : महामन्त्री शर्मा


काठमाडाैँ –  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्ने बताएका छन्।

कांग्रेस झापाले आइतबार बिर्तामोडमा गरेको कार्यक्रममा शर्माले अबको निर्वाचनमा कांग्रेसले बहुमत प्राप्त गर्ने र कांग्रेसबाट नै प्रधानमन्त्री हुने बताएका थिए।

उनले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलातर्फ लक्षित गर्दै अबको निर्वाचनमा जिताउनुपर्ने बताए।

‘एकातर्फ कम्युनिष्ट आन्दोलनका नेता केपी शर्मा ओली उभिँदै गर्दा अर्काेतर्फ कृष्णप्रसाद सिटौला हुनुहुन्छ। अबको निर्वाचनमा उहाँ (सिटौला) लाई उच्च मनोबलका साथ जिताउनै पर्छ,’ उनले भने।

कांग्रेसलाई जित्ने मात्रै सोच नभई देश चलाउनुपर्ने दायित्व रहेको दाबी गरेका शर्माले अबका तीन कार्यकाल कांग्रेसलाई जिताएर मुलुकमा आमूल परिर्वतन ल्याउनुपर्ने बताएका थिए।

प्रतिक्रिया