
नेकपा स्थायी कमिटि बैठक सकियो, अर्को बैठक पुस ५ मा बस्ने
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टीभित्रको तनावका बीच सुरु भएको स्थायी कमिटी बैठक सकिएको छ।
बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक तीन घन्टा ढिलो गरी सुरु भएको थियो।
बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने, संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने र संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
बैठकमा स्थायी समिति बैठक ५ गते र केन्द्रीय समितिको बैठक १० गते बस्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।



कागजपत्र |
