६ राष्ट्रिय सभा सदस्यका लागि कांग्रेसले टुङ्ग्यायो उम्मेदवारको नाम


काठमाडौं – नेपाली कांग्रेस राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।

जसअनुसार प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा कुमारी गुरूङ  र सुदूरपश्चिममा नारायण दत्त मिश्र उम्मेदवार बनाउने निर्णय गरेको छ ।

हालै सम्पन्न महाधिवेशनमा सहमहामन्त्रीमा पन्त पराजित भएकी थिइन् । यस्तै मिश्र सुदूरपश्चिम प्रदेश सभापतिमा पराजित भएका थिए भने बस्नेतलाई तत्कालीन समयमा राष्ट्रपतिले मनोनयन गर्ने सिटमा सिफारिस भएर पनि राष्ट्रिय सभा सदस्य बन्न पाएका थिएनन् ।

No description available.

प्रतिक्रिया